भैरहवा, ०७ मंसिर -नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले पर्यटन, औद्योगिक र कृषि मेलाको फ्युजनले मुलकको तिब्र विकासको लागि आवश्यक पूर्वाधारको विकास भएको सूचना सम्प्रेषण हुने बताएका छन् । चेम्बर अफ कमर्ससँग आबद्ध उद्योग व्यापार संगठन भैरहवाले आयोजना गरेको पाँचौ लुम्बिनी पर्यटन प्रबद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव २०७६ को अवलोकन तथा अन्र्तक्रियामा सहभागि हुदै उनले यस्तो मेला वर्षेनी गर्दै प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए । उद्योग व्यापार संगठन भैरहवाका अध्यक्ष नारायण भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
गुल्मि चेम्बर अफ कमर्सको प्रथम साधारण सभा
यसैबिच, गुल्मि चेम्बर अफ कमर्सको प्रथम साधारण सभाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले मुलुकको समग्र विकासमा व्यापारी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।उनले चेम्बरको ईतिहास हकहितका साथै समाजिक सेवामा पनि रहेको बताए । अन्य सस्थाहरु संगको समन्वमा हकहितमा लाग्नु पर्नेमा जोड दिदै स्थानिय उत्पादन जस्तो सुन्तला, कफिको निर्यातलाई प्रथमिकता दिनुपर्ने बताए । रिडिको प्रचार हुन आवस्यक रहेकाले धार्मिक पर्यटनको लागि आन्तरिक र वाह्य प्रचारमा जोड दिनु पर्ने उनले जनाए ।
गुल्मि चेम्बर अफ कमर्सका अध्यक्ष युवराज न्यौपानेको सभापतित्व भएको उक्त प्रथम साधारण सभामा चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठ प्रमुख अतिथि र प्रदेश सभा सदस्य दिनेश पन्थी बिशेष अतिथिका रुपमा उपस्थित थिए भने प्रजिअ कोषहरी निरौला, चेम्बर प्रदेश अध्यक्ष भिमलाल पौडेल, कार्यकारी सदस्य टंक प्रसाद पोखरेल, पत्रकार महासंघ गुल्मी, उद्योग वाणिज्य संघ अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS