काठमाडौं– नागरिक उड्डयान प्राधिकरणले हेलिकोप्टरमा बढिमा ६ जना मात्र बस्न पाउने ब्यवस्था गरेको छ।
ओभरलोडका कारण पर्यटन मन्त्री चढेको हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि नयाँ ब्यवस्था गरेको हो।
यसैगरी नेपालका हेलिकोप्टरहरुको नियमित परीक्षण गर्नका लागि अन्तर्राष्ट्रिय अडिट टोली झिकाइने निर्णयसमेत गरेको छ।
प्राधिकरणका उप महानिर्देशक राजन पोखरेल, हवाइ सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठ, हेलिकप्टर सोसाइटी नेपालका योगराज कँडेललगायतको बैठकले यस्तो निर्णय गरेको हो।
FACEBOOK COMMENTS