काठमाडौँ – पर्यटन विभागले चालु आवको चार महिनामै ४६ करोड राजश्व सङ्कलन गरेको छ।
विभागले यो वर्षका लागि एक अर्ब १३ करोड राजश्व उठाउने लक्ष्य लिएकोमा प्रथम चौमासिकमै ४६ करोड राजश्व उठाउन सफल भएको हो।
विभागका महानिर्देशक डण्डुराज घिमिरेले विगतका वर्षभन्दा यो वर्ष लक्ष्यभन्दा उल्लेख्य रुपमा राजश्व सङ्कलन वृद्धि हुने अनुमान गरिएको बताए। सङ्कलित राजश्वमध्ये सबैभन्दा बढी क्यासिनो बाट उठेको हो।
अघिल्लो वर्ष क्यासिनो बाटै ५० करोडभन्दा बढी राजश्व उठेको थियो। विभागबाट दर्ता हुने होटल, ट्राभल आदि पनि राजश्वका मुख्य स्रोत हुन्।
रासस
