काठमाण्डौँ — सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सुची आज सार्वजनिक गरेको हो।
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष सरकारको छ।
पर्यटकहरुका लागि सिमित गन्तब्यमात्र हुँदा बसाई अवधि छोटो रहने गरेको र प्रचुर संभावनाका वावजुत स्थानीयस्तरमा पर्यटनको लाभ उपलब्ध हुन नसकेको अवस्था हटाउन यस्तो सूचि सार्वजनिक गरिएको हो।
सूचिमा ७७ वटै जिल्लाका विभिन्न नयाँ स्थानलाई समेटिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए ।
— नागरीक
FACEBOOK COMMENTS