काठमाण्डौँ — मुक्तिनाथ विकास बैंकले पर्सामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
बैंकले आजको आवश्यकता विद्यार्थीहरुमा वित्तीय साक्षरता भन्ने मूल आशयले श्री विरगञ्ज क्याम्पस, विरगञ्ज महानगरपालिका, ११ पर्सामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग लगायतको विषयमा जानकारी दिएको थियो ।
साथै, कार्यक्रममा विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ भन्ने कुरालाई पनि समावेश गरिएको थियो ।
FACEBOOK COMMENTS