अन्जन राज न्यौपाने,
काठमाडौँ, आश्विन २२ – धार्मिक एवम पवित्र तिर्थ स्थल देवघाट धामको २३औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। आश्रमका अध्यक्ष अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजकाे अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।
सधारण सभालाई सम्बोधन गर्दै अन्नतविभूषित आत्मानन्दगिरी जि महाराजले विश्वका हिन्दुहरूको मूल थलोको रुपमा रहेको देवघाट धाम धार्मिक एवम पर्यटकीय तिर्थ स्थलका रुपमा विश्व माँझ परिचित भएको बताए । उनले हामीले प्रत्येक बर्ष १० हजार बढि श्रद्धालु भक्तजनहरुको भिड हुने भएको बताउदै यस क्षेत्रको व्यवस्थापन, संरक्षण ,संम्बर्धनकालागि सबै पक्षले तन,मन,वचन,धन र श्रद्धाले सहयोगगर्न अपेक्षा समेत उनले गरे। उक्त सभाकाे प्रमुख अतिथिकारुपमा रहेका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पाैडेलले धार्मिक एवं पर्यटकीय तिर्थस्थल रूपमा परिचित यस क्षेत्रको विकासका लागि सबै पक्षको सहयोग र साथ अनिवार्य रहेको बताए।
यसै क्षेत्रमा विभिन्न शक्तिपीठहरुका पीठाधीशहरु साधु, सन्त, महन्त र उद्योगी व्यापारी,पत्रकार , व्यवसायी र विभिन्न राजनीतिक दलका नेताहरूको समेत उल्लेख्य सहभागिता रहने हुँदा उचित व्यवस्थापन गर्न अझैपनि नसकिएको समितिका अध्यक्ष पौडेलले बताए। यसैगरी विशिष्ट अतिथीहरुमा देवघाट वडा -५ का अध्यक्ष यालबहादुर गुरुङले विश्वमाझ यस क्षेत्रलाई चिनाउनको लागि विभिन्न समयमा हरिनाम संकीर्तन अखण्ड दीप पाठ- पारायण र विभिन्न किसिमका सिर्मती भागवतहरु समेत आयोजना गरिसकेको बताए ।
धर्मको रक्षा गरे आफ्नो पनि रक्षा हुने बताउँदै उनले पवित्र तीर्थस्थल देवघाटधाममा प्रत्येक वर्ष विभिन्न तरिकाले धार्मिक कार्यक्रम, विभिन्न धार्मिक पाठ- पारण, विभिन्न समयमा धार्मिक अभियान्ताहरुको विविध सेवामुलक महत्वपूर्ण कार्यक्रमहरु हुने गरेको र त्यस्ता कार्यक्रमहरुको उचित व्यवस्थापन, वृद्धवृद्धाहरुलाई बस्न, खान र पोषाकको तिब्र व्यवस्थापन उनीहरूलाईसुगर प्रेसर, थाईराइड गानो, गोला, ग्याष्टिककोऔंषधी सेवा सुचारुरुपले उपलब्ध गराईएको समेत उनले जानकारी दिए। देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबू घिमिरेले हजारौंको संख्यामा देवघाटमा तिर्थालु भक्तजनहरुको दैनिक हजारौंको उपस्थित हुदाँआयस्रोत पनि बढेको बताए ।
शारीरिक एवम मानसिक रुपमा अशक्त वृद्ध ,बालक र अन्य क्षेत्रबाट आएका भक्तजनहरूको लागि बस्ने खाने व्यवस्थाको प्रबन्ध मिलाईएको उनले दाबी गरे । शारीरिक रूपले अशक्त भएका र धर्म प्राप्ति, मोक्ष प्राप्ति र पितृउद्दार गराउने उद्देश्यले आएका बृद्धहरुलाई बस्नकालागि उचित व्यवस्थापन मिलाइएको समेत उनले जानकारी दिए। दानवीरहरुको तन मन वचन र धनले गरिएको सत्कर्म, सदाचार र सद्वबिचारले भरिएका मनबाट यस क्षेत्रको विकासमा उल्लेख्य प्रगति भएको उनले बताए ।
देवघाटक्षेत्रको चौतर्फी विकासकालागि विभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधिहरू, आश्रमका सञ्चालक समितिका संचालकहरु, सल्लाहकार समिति, व्यवस्थापन समिति लगायत समितिका सदस्यहरुले आआफ्नो धारणा राखेका थिए। विशेष गरेर देवघाट हिन्दूजनका लागि विश्वकै पवित्र धार्मिक तीर्थस्थल भएकाले हिन्दु धर्मावलम्बीहरु चाडपर्वहरूमनाउने क्रममा हरिबोधनी एकादशी,औंशी,माधे संक्रान्ति,कुसेऔसि, पितृ उद्धारकालागि सोह्र श्राद्धमा हजारौंको संख्यामा भक्तजनहरुको उल्लेख्य भिडभाड लाग्ने प्रचलन रहेको छ।
परापूर्वकालको सत्ययुगमा तेत्तीसकोटी देवीदेवताहरुले स्नान गर्ने स्थान, ऋषिमुनि , गन्धर्व, किन्नर्भ ,नाग,दैत्यहरुले समेत तपस्या ,योग, साधना र स्नान गर्दथे भन्ने धार्मिक विश्वास रहेको छ। हाल यस पुन्यभूमिमा देश विदेश र भारतको जामनगर,पद्ममावतीपुरीधाम, मंगलधाम, गुजरात र जालन्धरबाट उल्लेख्य संख्यामा साधु सन्त महन्त, पिठाधिस्, मठाधिश, गादीपतिहरुले स्नान गर्ने स्थल भएका कारण यस स्थलको दर्शन गर्नाले मात्रै पनि आफू भाग्यमानी र पवित्र भएको विश्वास गर्दछन। देवघाट धाम मानव जीवनमा पुग्नै पर्ने र नपुगि नहुने मत हिन्दुधर्मालम्वीहरुमा कायम रहेको पाईन्छ ।
FACEBOOK COMMENTS