काठमाडौं, साउन ११– पहिरोका कारण चार दिनदेखि बन्द रहेको पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिन सडकखण्डमा साना गाडी चल्न थालेका छन् । केही समय अघिदेखि माइक्रो, मोटरसाइकल तथा एम्बुलेन्सलगायतका साना गाडी चल्न थालेको इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए ।
शुक्रबार बेलुकासम्म ठूला गाडी पनि चल्न सक्ने उहाँको भनाइ छ । मौवाखोलामा मर्मत गरेर पुलकोे केही भाग बनाइएकाले साना गाडी चल्न थालेका हुन् । अहिले पनि मर्मतकोे काम चलिरहेको छ ।
धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएको थियो भने डाइभर्सनको लागि पनि समस्या भएको थियो । ३/४ दिनसम्म कुनै पनि गाडी नचल्दा यात्रु भने समस्यामा परेका थिए ।
FACEBOOK COMMENTS