काठमाण्डौँ — स्वदेशी डेरी उद्योगको लगानी जोखिममा परेपछि सरकारले विदेशबाट धुलो दूध आयात गर्न प्रतिबन्ध लगाएको छ।
ला सीमाना र भन्सारमा कम मूल्यको महसुल तिरेर धुलो दूध आयात हुँदा स्वदेशी दूध बिक्री हुन छाडेको भन्दै कृषि तथा पशुपक्षी मन्त्रालयले यो कदम चालेको हो।
किसानले उत्पादन गरेको दूध बिक्री नहुने अवस्था आएपछि धूलो दूध आयात रोकिएको कृषि तथा पशुपक्षी मन्त्रालयका सह–सचिव श्याम पौडेलले बताए।
भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७४/७५ मा एक अर्ब ८२ करोड ८५ लाख रुपैयाँको दूध र दुग्धजन्य वस्तु आयात भएको थियो ।
यता, स्वदेशी किसानले उत्पादित दूध बेच्न नपाएर त्यसै खेर फाल्नुपरेको थियो।
पाउडर दूधसमेत पर्याप्त भएकाले विदेशी धुलो दूध आवश्यक नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जिवकुमार कर्णले बताए ।
— नागरीक
