काठमाडौं, वैशाख १८ – नेकपा एमालेका नेता वामदेव गौतमले नेताहरुले आत्मालोचना गरेर एकतबद्ध हुनुपर्ने बताएका छन् । कम्युनिष्ट एकता जोगाउन नसकेकोप्रति आफू आत्मालोचित भएको बताउँदै शनिबार उनले यस्तो आग्रह गरेका हुन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिवसको अवसरमार सामाजिक सञ्जाल फेसबुकमा शुभकामना सन्देश लेख्दै नेता गौतमले नेताहरुलाई आत्मालोचित भएर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह समेत गरेका हुन् । उनले आफूबाट भएको गल्ती र कमजोरीप्रति पनि आत्मालोचना गरेका छन् ।
‘मबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु । तिनलाई सच्याउन लागिपरेको पनि छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन् ।
अरु नेताहरुले पनि आत्मालोचना गर्नुपर्ने उनको भनाइ छ । ‘हामी सबै नेता–कार्यकर्ताहरुका लागि आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गछौं भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो ।’
FACEBOOK COMMENTS