सर्लाही । नेकपा माओवादी केन्द्रको देशभर एकै साथ सुरु भएको अधिवेशनअन्तर्गत सर्लाहीमा नौ पालिका कमिटी गठन भएको छ । शनिवार जिल्लामा २० वटा पालिका मध्य १५ वटा पालिकामा अधिवेशन सुरु भएको थियो ।
त्यस मध्य नौ पालिकामा स्वसहमतिमा कमिटी गठन भएको माओवादी केन्द्र सर्लाहीले जनाएको छ । पाँच वटामा अधिवेशन हुन सकेन भने, ६ वटामा सर्वसहमति हुन नसकेपछि उद्घाटन सत्र सुरु गरेर अधिवेशन स्थगित गरिएको छ । शनिबार गठन हुन नसकेका पालिकामा छिटै स्वसहमतिमा कमिटी गठन गरिने माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुढाथोकीले जानकारी दिए ।
जिल्ला संयोजक बुढाथोकीका अनुसार प्रत्येक नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्य पालिका कमिटी गठन गरिएको छ । अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।
FACEBOOK COMMENTS