काठमाडौँ, मंसिर ५ – पाल्पामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–५, रामपुरकी ५४ वर्षीय महिलाको उपचारका क्रममा शुक्रबार लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । कात्तिक २० गते उनलाई कोरोना पोजिटिभ पुष्टि भएको थियो ।
रामपुरमै होम आइसोलेसनमा बसेकी महिलालाई बिहीबार स्वास्थ्यमा थप समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि ल्याइएको थियो । मधुमेह र उच्च रक्तचापको बिरामी रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट पाल्पामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
FACEBOOK COMMENTS