काठमाडौं, मंसिर ११ – प्रभु क्यापिटल पिपुल्स पावरको सेयर निष्कासक तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । पिपुल्सले जारी गर्न लागेको सेयरको सार्वजनिक निष्कासन प्रभुले गर्ने भएको हो ।नियुक्तिसम्बन्धी सम्झौतामा पिपुल्सका सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे
पिपुल्स पावरले इलामको पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक काम ८० प्रतिशत सम्पन्न भइसकेको छ ।