काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजारमा विदेशी लगानीकर्ता भित्र्याउनुपर्ने बताएका छन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको साफा इन्टरनेशनल कन्फेरेन्स उद्घाटन गर्दै खतिवडालेले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पुँजी बजारमा कुनै न कुनै हिसाबले विदेशी लगानीकर्ता भित्र्याउनुपर्ने बताएका हुन् ।
उनले भने ‘बैंकिङ र बीमासँगै पुँजीबजार पनि विस्तार र विदेशी लगानीकर्ताका लागि पनि खुला गरिँदै लैजानुपर्छ।’
नेपालसहित दक्षिण एसियाले विदेशी लगानीलाई आकर्षित गरिरहेको भन्दै उनले यो क्षेत्र लगानीका लागि उपयुक्त स्थान बन्दै गएको पनि उल्लेख गरे।
खतिवडाले लेखामानको स्तरोन्नतीका लागि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड लागू गर्ने तयारी भइरहेको पनि उल्लेख गरे।
FACEBOOK COMMENTS