काठमाडौं, चैत २६ – नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड भएको छ । बुधबार बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यलयमा बाँडफाँड गरिएको हो।
कम्पनीले कुल १ अर्ब ६० करोड रुपैयाँको आइपीओ निष्कासन गरेको थियो । जसमा ३ लाख ९० हजार ६३८ जना आवेदकले सेयर पाएका छन् ।
उक्त आईपीओमा १० देखि ४० कित्तासम्म मात्रै आवेदन गरेकालाई माग गरेजति सबै तथा बाँकी ५० कित्ता वा सो भन्दा बढी आवेदन गरेकामध्ये ७७ हजार २ सय ४५ जनालाई थप १० कित्ता सेयर परेको छ ।
मर्चेन्टका अनुसार १० कित्ताको आवेदन गर्ने २२ हजार ७ सय ४८ जना, २० कित्ताको माग गर्ने १५ हजार ५ सय ९० जना, ३० कित्ता सेयर माग गर्ने १२ हजार ७ सय २३ र ४० कित्ताको सेयर माग गर्ने २० हजार ९ सय २९ जना थिए । उनीहरू सबैले माग गरेजति सबै सेयर हात पारेका छन् ।
साथै, ५० देखि माथि अर्थात १० हजार कित्तासम्मको लागि आवेदन दिने मध्ये कोहीले ४० कित्ता पाएका छन् भने कोही भाग्यशालीले थप १० किता अर्थात ५० कित्ता सेयर पाएका छन् ।
कूल ३ लाख १३ हजार ६ सय ४८ जनाले ५० देखि १० हजार कित्तासम्मको लागि सेयर माग गरेका थिए । जसमा सबैले ४० कित्ता पाएका छन् भने जसमध्ये ७७ हजार २ सय ४५ जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् । समर्गमा ५० कित्ता सेयर ७७ हजार २ सय ४५ जनालाई ५० कित्ता सेयर वितरण गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
आवेदन दिएकामध्ये ९१८ जना आवेदकको आवेदन रद्द भएको छ ।
FACEBOOK COMMENTS