काठमाडौं, मंसिर २८ – पूर्व परराष्ट्र उपसचिव सत्य प्रसाद जोशीको निधन भएको छ । जोशीको हेम्स हस्पिटल मण्डीखटार काठमाडौंमा हृदयघातका कारण ८५ वर्षको उमेरमा निधन भएको हो ।
डोटी जिल्लाको सिलगढी निवासी जोसी विभिन्न देश विदेशमा परराष्ट्र सेवामा लगभग २६ वर्ष भन्दा बढी सेवा गरी निबृत भर्ई रसिया, भारत, बङ्गलादेशको वाणिज्य दुतावास तथा राजदुतावासमा प्रथम सचिव र परराष्ट्र वरिष्ठ उपसचिवको हैसियतले सेवा समेत गरेका छन् ।
उनको सवैका मिलनसार कर्तव्यनिष्ट जिम्मेवार बोध गर्ने राष्ट्र सेवकको पहिचान थिए । स्वर्गीय जोशीका श्रीमतीसहित चार छोरीहरू रहेका छन् ।
FACEBOOK COMMENTS