काठमाडौं । नेपाल चेम्बर अफ कमर्शअन्तर्गत गठित पूँजीबजार प्रवर्धन समितिका सह–सभापति र सदस्यहरूलाई मनोनयनपत्र हस्तान्तरण गरिएको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज मंगलबार उनीहरूलाई सो पत्र हस्तान्तरण गरेका हुन् । चेम्बर कार्यसमिति सदस्य राम श्रेष्ठको सभापतित्वमा गठित उक्त समितिको सह–सभापतिमा ध्रुव तिमिल्सिना चयन भएका छन् ।
यस्तै सदस्यहरुमा क्रमशः सन्तोश मैनाली, मेखबहादुर थापा, नविनलाल श्रेष्ठ, राजकुमार तिमिल्सिना, मधुसुदन पाठक, घनश्याम पौडेल र एकनारायण शर्मा छन् ।
FACEBOOK COMMENTS