काठमाडौँ, जेष्ठ ५ – नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ ।उनको मंगलबार बेलुका घरमै निधन भएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले पुष्टि गरे । बरालको आजै अन्त्योष्टिको तयारी छ ।
उनी २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक रहेका थिए । ४४ वर्षको कनिष्ठ उमेरमा महानिरीक्षक हुने उनी प्रथम व्यक्ति हुन् ।
FACEBOOK COMMENTS