काठमाडौं, बैशाख १४- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् ।
जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, सुरेन्द्र यादब, आङकाजी शोर्पालगायत उजुरी दिन आइतबार महानगरीय प्रहरी परिसर परिसर पुगेका हुन् ।
खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए ।
तर परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा नरहेकाले जाहेरी दर्ता हुन भने सकेको छैन् ।
FACEBOOK COMMENTS