काठमाडौं, ११ पुस – पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पुर्वी नेपालको भ्रमणमा निस्कने भएका छन्। पूर्व-रानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने बताइएको छ।
पूर्व-राजाका प्रेस सचिव फणिराज पाठकका अनुसार भोलि पूर्वराजा ज्ञानेन्द्र र पूर्व-रानी जाने र केही दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा जाने कार्यक्रम छ।
झापा बसाइको क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने बताइएको छ।