काठमाण्डौँ — नेपाल धितोपत्र बोर्डले पूर्वाधारको तयारीका आधारमा स्थायी लेखा नम्बर कार्यान्वयनमा ल्याउनुपर्ने जनाएको छ ।
स्थायी लेखा नम्बरका सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षलाई समेत छलफल गराई बोर्डले पूर्वाधारको तैयारीका आधारमै कार्यान्वयन गर्नुपर्ने जनाएको हो ।
स्थायी लेखा नम्बरको विषयलाई लिएर सेयर बजारमा भइरहेको नकारात्मक टिप्पणीप्रति बोर्डको ध्यानाकर्षण भएको भन्दै बोर्डले विभिन्न लगानीकर्ताका संस्थाहरूबाट ज्ञापनपत्र बुझ्ने क्रममा यस्तो जनाएको हो ।
यसैबीच २०७६ वैशाख १ गतेदेखि सेयर कारोबारमा अनिवार्य प्यान लगाउने विषयमा लगानीकर्ता तथा नेपाल स्टक एक्सचेञ्जबीच छलफल भएका थियो ।
— कारोबार
FACEBOOK COMMENTS