काठमाण्डौँ — बहुप्रतीक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बैशाख अन्तिमसम्ममा सञ्चालनमा आउने भएको छ ।
पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी भाडा वार्षिक झण्डै २ अर्ब रुपैयाँ कम हुने नेपाल आयल निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादव बताउछन् ।
सुरुवाती चरणमा डिजेलमात्र पाइपलाइनबाट ल्याइनेछ ।
पाइपलाइन सञ्चालनमा आएसँगै ढुवानी लागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ ।
देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुने बताइएको छ।
भारतीय सहयोगको यो परियोजना भारत सरकार स्वामित्वको भारतीय आयल कर्पोरेसन (आइओसी) ले कार्यान्वयन गरिरहेको छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS