काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै छन् ।
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म बनेको पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन हुन लागेको हो ।
पाइपलाइनको उद्घाटन दुबै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
उद्घाटनसंगै मंगलबारबाट पाइपलाइनबाट नियमित तेल आउँनेछ । पाइपलाइनबाट दैनिक रूपमा ३० हजार किलोलिटर तेल आउँनेछ ।
पाइपलाइनबाट तेल भित्रिँदा वार्षिक ७० देखि ८० करोड बचत हुने र तेल चोरी पनि कम हुने विश्वास निगमले लिएको छ ।
FACEBOOK COMMENTS