काठमाण्डौँ —पोखरा उद्योग वाणिज्य संघको ३२औँ महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ ।
नयाँ नेतृत्व चयन गर्दै मंगलबार सम्पन्न हुने अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायतका दलको समर्थन रहेको दुई प्यानलबीच प्रतिस्पर्धा हुँदै छ ।
पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि एउटा प्यानलको नेतृत्व वर्तमान महासचिव दामु अधिकारीले गरेका छन् ।
अर्को वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजूले गरेका छन् ।
FACEBOOK COMMENTS