पोखरा उद्योग वाणिज्य संघमा भएको विवाद ६५ औं वार्षिकोत्सव साधारणसभा कार्यक्रममा छताछुल्ल भएको छ । संघको इतिहासमा पटक–पटक नोट अफ डिसेन्ट लेख्दै अघि बढेको यस कार्यसमितिले यसपालि पदाधिकारीबीचको समन्वय र सहकार्य नभएको प्रष्ट देखिएको थियो ।
महासचिव अर्जुन पोख्रेलले पूवनिर्धारित वक्ताको लिष्टमा आफू खुसी गरेर नेपाल उद्योग वाणिज्य संघका विरिष्ठ सदस्य चण्डीराज ढकालको वोल्ने पालोमा अन्य वक्ता राखेपछि संघमा भएको विवादका बारेमा छताछुल्ल भएको हो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साललाई शुभकामना मन्तव्यका लागि महासचिवले उद्घोष गरी बोलाए सँगै ब्यवसायीहरु हल छाडेर जान थालेपछी अध्यक्ष अधिकारीले एकैछिन माइक भन्दै मर्यादा क्रम तल माथि भएको भन्दै महासंघका विरिष्ठ सदस्य चण्डीराज ढकाललाई शुभकामना मन्तव्यका लागि बोलाएका थिए ।
महासचिव पोख्रलले पोखरा उद्योग वाणिज्य संघमा अध्यक्ष नभएको मौकामा नेपाल उद्योग वायिज्य महासंघको सदस्यता नै खारेज गर्न खोजेका थिए ।
FACEBOOK COMMENTS