काठमाण्डौँ —अंग्रेजी नयाँ वर्षको अवसरम पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा सडक महोत्सव हुने भएको छ ।
पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजनामा आगामी पुष १३ गतेदेखि १७ गतेसम्म अंग्रेजी नयाँ वर्षको स्वागतार्थ २० औं संस्करणको सडक महोत्सव हुने भएको हो ।
महोत्सव सम्पन्न गर्न रेवान पोखरा अध्यक्ष भीमसेन भुजेल ‘बुधराज’को संयोजकत्वमा महोत्सव मूल आयोजक समिति बनाइएको छ ।
आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामीण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताए ।
FACEBOOK COMMENTS