काठमाडौँ — प्याराग्लाइडिङ, ह्यान्डग्लाइडिङको नियमन अब नेपाल हवाई खेलकुद संस्थाले गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा बुधबार प्याराग्लाइडिङ उडान सुरक्षा सचेतना कार्यक्रम गरी नेपाल हवाई खेलकुद संस्थालाई प्याराग्लाइडिङ, ह्यान्डग्लाइडिङको नियमन गर्ने गरी व्यवस्थापन तथा प्रवद्र्धनका लागि तोकेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल हवाई खेलकुद संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण भण्डारीलाई प्राधिकारिक संस्था तोकेको प्रमाणपत्र हस्तान्तरण गरे।
ह्यान्डग्लाइडिङसम्बन्धी गतिविधि नियमन गर्ने मात्र होइन, लाइसेन्स जारी गर्ने, नियमविपरीत सञ्चालन हुने कम्पनी र प्यारापाइलटको दर्ता खारेजीसमेत गर्ने अधिकार पाएको छ।
प्याराग्लाइडिङ कम्पनीको नवीकरण नागरिक उड्डयन कार्यालय पोखराले गर्दै आएकोमा अब नेपाल हवाई खेलकुद संस्थाले गर्नेछ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS