काठमाडौं, पुस १७ – प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहलाई अर्को केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरेका छन्। शुक्रबार आप्रवासी नेपालीलार्ई अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले उहाँहरुजस्तो प्रथम अध्यक्षलाई कारवाही नगरिएकोले अर्को केन्द्रीय कमिटि बैठकमा उपस्थित हुन अनुरोध गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिले पार्टी विभाजन नभएको र केही विचारमा स्पस्ट नभएका साथीहरु पार्टी छोडेर सडकमा अलपत्र परेको बताए। उनले भने ‘पार्टी विभाजन भएको छैन्, पार्टी विभाजन हुँदैन्, पार्टी विभाजन हुन दिदैन। पार्टीका बैठकमा नआउने किन अन्यन्त्र जाने बोलाउँदा नआउने बाहिर हल्लामात्रै गर्ने।’ उनले संसद विघटन पछि सांसदको हस्ताक्षर अभियान चलाउनु लोकतन्त्राको मजाक भएको बताए।
५० वर्षअघि प्रतिबन्धित, जेल वा चर्को दमन गरिएका ससाना टुक्राबाट नयाँ कार्यकर्ता र नयाँ पार्टी निर्माण गरिएको स्मरण गराउँदै उनले लोकतन्त्रको रक्षा गर्न, संविधानको कार्यन्वयन गर्न र आन्दोलनको संरक्षण गर्नको लागि ताजा जनादेशमा जान बाध्यात्मक अवस्था आएको बताए।
मुस्किलले टप वार्गेनिङ गरेर पार्टी एकता गरिरएको तर, सूर्य चिन्हमा भोट गर्ने सहमति भंग गर्नु नै सहमति तोड्ने सिलसिलाको सुरुवात भएको उनको भनाई छ। उनले अनेक राजनीतिक दलहरुसँग सरकार निर्माणको लागि सम्वाद गर्ने र त्यता कुरा नमिले पछि यता पार्टी भित्रै खोइरो खन्न थाल्ने प्रवृत्तिले अहिलेको अवस्था आयको बताए।
सडकमा जानेहरुले न उमेरको, न योगदानको, न इतिहासको मर्यादा राख्न सकेको बताउँदै उनले राष्ट्रपति जस्तो मर्यादित संस्थालाई अमर्यादित, अभद्र, अश्लिल र असभ्य नारा लगाएर लोकतन्त्रको खिल्लि उडाएको बताए।
आप्रवासी नेपाली हरुलार्ई नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री आलीले निरास नहुन र सकारात्मक हुन सबैलाई आग्रह गरे।
FACEBOOK COMMENTS