काठमाडौं,माघ १२ – प्रतिनिधि सभाको सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।
आइतवार दिउँसो बसेको प्रतिनिधसभा बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।
गत असोज १४ गते कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त थियो । प्रतिनिधि सभाले करिब चार महिनापछि निर्विरोध नै सभामुख पाएको छ ।
FACEBOOK COMMENTS