काठमाडौं, २३ माघ – प्रतिनिधिसभा विघटन र सरकारले गरेको संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन कांग्रेसले अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै शनिबार कांग्रेस सम्बद्ध भातृ संस्थाको प्रदर्शन हुने जानकारी दिएका छन् ।
उक्त प्रदर्शनपछि कांग्रेसले आगामी फागुन तीन गते ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएकाले त्यसमा सबैको सहभागीताका लागि नेता शर्माले विज्ञप्तिमार्फत अपिल गरेका हुन् ।
गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गर्दै कांग्रेस आन्दोलनमा रहेको उनले बताएका छन् । साथै बिहीबार प्रचण्ड–नेपाल समूहले गरेको नेपालबन्दप्रति पनि लक्षित गर्दै जनतालाई दुःख नदिएर कांग्रेस शान्तिपूर्ण आन्दोलनमा रहेको जिकिर गरेका छन् । ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा सालीन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं’, विज्ञप्तिमा भनिएको छ ।
संसद विघटनको असंवैधानिक कदमविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न आफूहरु प्रतिबद्ध रहेको नेता शर्माले विज्ञप्तिमार्फत जनाएका छन् । विज्ञप्तिमा अघि भनिएको छ, ‘विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिलसमेत गर्न चाहन्छौं ।’
साथै कांग्रेसले संवैधानिक परिषद सम्बन्धि संविधानमा व्वस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरुदेखिनै कुल्चिँदै आएको विषयमा संस्थागत निर्णयका साथ कांग्रेस प्रष्ट रुपलेविरुद्धमा उभिएको दाबी गरेको छ ।
विज्ञप्तिमा अघि भनिएको छ, ‘संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ ।’
vvvvvvvvvvvविज्ञप्तिमा अघि भनिएको छ, ‘संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ ।’
FACEBOOK COMMENTS