काठमाडौं– नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंङ पाण्डेको समूहले हिमालयन प्यारेन्टियल उद्योगको ५० प्रतिशत शेयर किनेको छ ।
लोमस समूहले जनकपुरमा रहेको हिमालयन प्यारेन्टियल एण्ड फर्मुलेशन उद्योग २० करोड रुपैयाँ किनेको हो ।
औषधी, सिमेन्ट, वित्तीय संस्था र हेलिकोप्टरमा लगानी गरिरहेको लोमसले केही दिनअघि मात्रै हिमालयन प्यारेन्टियलको डिल सकेको हो। हिमालयन प्यारेन्टियल कम्पनी नेपालको सलाइनमार्फत दिने औषधी (आइभी सलाइन) उत्पादन गर्ने पहिलो उद्योग हो।
प्रदीपजंङ पाण्डे हिमालयन प्यारेन्टियल उद्योगको ५० प्रतिशत स्वामित्व किनेको स्वीकार गरेका उनले भने ‘ हामीसँग लोमस फर्मास्टिकल्स चलाएको तीन दशकको अनुभव पनि छ। त्यही अनुभवका आधारमा हामीले उद्योग किनेका हौं।’

उनका अनुसार, उद्योगको नाम समेत परिवर्तन गरेर लोमश प्यारेन्टियल एण्ड फर्मुलेशन राखिनेछ।

उद्योगमा यूरोपेली प्रविधिबाट आइभी सलाइन उत्पादन हुन्छ। उद्योगबाट पाँच प्रकारका एन्टिवायोटिकदेखि ११ प्रकारका आइभी सलाइन उत्पादन हुँदै आएको छ।