काठमाडौं, भदौ २२ – प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको छ। मन्त्री घिमिरेको कन्ट्याक्ट ट्रेसिङबाट उनका स्वकीय सचिवमा पनि कोरोना संक्रमण देखिएको उक्त मन्त्रालयले जनाएको छ।
भदौ १४ गते मन्त्री घिमिरेलाई संक्रमण देखिएको थियो। उनी अहिले होम आइसोलेसनमा छन्।
स्वकीय सचिवको आइतबार साँझ जनाको स्वाब संकलन गरी कोसी अस्पतालमा परीक्षण गर्न पठाइएको थियो। तीमध्ये उनमा संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका छन्।
FACEBOOK COMMENTS