काठमाडौँ, असोज १४ – नेपाल सुनचाँदी व्यवसायी संघ प्रदेश २ को अध्यक्षमा रामजी साह चयन भएका छन । प्रदेश २ का सुनचाँदी व्यवसायीहरुको ढल्केवरमा भएको भेलाले रौतहट गरुडाका रामजी साहलाई सर्वसहमतीमा अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी उपाध्यक्षद्वय सन्तोष साह, लाहान, बिसेश्वर साह, मलगंवा चुनिएका छन् । सचिवमा भीम बिश्वकर्मा, चन्द्रपुर, कोषध्यक्षमा देवकृष्ण साह, मिर्चैया, सहकोषाध्यक्षमा बिश्वनाथ साह, जनकपुर, सह सचिवमा राकेश सर्राफ, मलंगवासहित ११ सदस्यीय प्रदेश कमिटी गठन भएको अध्यक्ष रामजी साहले बताएका छन् ।
नव निर्वाचित अध्यक्ष रामजी साह लगायत सुुनचाँदी ब्यवसायी संघका ११ जना पदाधिकारीले वीरगञ्जस्थित एक समारोहका बिच पदभार तथा सपथग्रहण गरेका थिए ।
ढल्केवरस्थित होटेल सम्राटमा भएको सुनचाँदी ब्यवसायीको भेलामा प्रदेश २ का ८ जिल्ला २ नगरपालिकाका पदाधिकारी पर्यवेक्षक समेत गरी कुल ५९ जनाको उपस्थिती रहेको कार्यक्रममा सहभागी निजगढका ब्यवसायी उमेश सुुनारले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS