काठमाडौं, चैत ७- मुक्तिनाथविकास बैंक लि.को प्रदेश–५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहकलक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ ।
सम्झौताहरु अनुसार मुक्तिनाथविकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई भङग्रेलीभिलेज रिसोर्ट दाङ्ग, पार्क फुड क्याफे एण्ड लज प्रा.लि तुल्सीपुर, डिलाईट कर्नर, द फेमिलि रेष्टुरेन्ट प्रा.लि तुल्सीपुरमा सम्पूर्ण सेपामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यसै गरी कृष्णसार रिसोर्ट प्रा.लि गुलरीयामा २० प्रतिशत छुटका साथै ग्रीनपिस माध्यमिक विद्मालय कोहलपुरको भर्ना शुल्कमा २५% छुट प्राप्त गर्न सक्नेछन् ।
यसविकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमाआधारित रहीमोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, निःशुल्क डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेकोछ ।
FACEBOOK COMMENTS