काठमाडौं, माघ १२-प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदै छन् ।राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् ।
राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको छ ।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए। प्रचण्डले शिलान्यास गरेको पुलको उद्घाटन वर्तमान प्रधानमन्त्री ओलीले गर्नेछन् ।
बिहान ११ बजे सिसहनियाँ–महदेवा जोड्ने पक्की पुलको उद्घाटन गर्ने र त्यसपश्चात लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख भूमिश्वर ढकालले जानकारी दिए ।पार्टीभित्र देखिएको विवादकाबीचमा हुन लागेको जनसभालाई सफल पार्न जनपरिचालन गरिएको छ ।
FACEBOOK COMMENTS