काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्ने भएका छन् ।
बाढीबाट क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँमा निरीक्षण गर्न त्यसतर्फ जान लागेका हुन् । स्रोतका अनुसार ओली आज १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पु¥याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्ने कार्यक्रम रहेको छ । साथै ओलीले बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रम तय भएको छ ।
FACEBOOK COMMENTS