काठमाडौं, जेठ ६ – निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाही गर्न माग गरेको छ ।
कांग्रेस संसदीय दलले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक अपिलमार्फत आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु निर्वाचन आचारसंहिताविपरीत रहेकोले कानून बमोजिम कारवाही गर्न माग गरेको हो ।कांग्रेस संसदीय दलका तर्फबाट निर्वाचन आयोगलाई औपचारिक पत्र लेखेर निर्वाचन आयोग आचार संहिता, २०७२ को दफा ५ घ (३), (५) र (६) विपरीत कार्य गर्ने जोकोहीलाई कारवाही गर्न माग गरिएको हो । कांग्रेस संसदीय दलका अधिकृत बिजयेन्द्र वीर आलेद्वारा आयोगलाई संप्रेषित पत्र यस्तो छ-
FACEBOOK COMMENTS