काठमाडौं, पुस २४ – प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूहका विद्यार्थीले शुक्रबार धनगढीमा टायर बालेका छन्। प्रधानमन्त्री ओली धनगढी आइपुग्नु अगाबै धनगढीमा विरोध प्रदर्शन गरिएको हो ।
प्रधानमन्त्री ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्च नजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेका हुन्। अनेरास्ववियूका एक नेताले प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको जानकारी दिए।
नेकपा दाहल–नेपाल पक्षले धनगढी लगायत कैलालीका विभिन्न ठाउँमा विरोधका कार्यक्रम राखेको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली सहभागी हुने सभास्थल धनगढीको खुल्लामञ्च कडा सुरक्षा घेरामा राखिएको छ। कार्यक्रमस्थल वरपर पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
सभामा सहभागी हुनेले कालो मास्क प्रतिबन्ध गरिएको छ । प्रतिनिधि सभाको विघटनपछि ओलीले सम्बोधन गर्ने राजधानी बाहिरको यो पहिलो सभा हो।
FACEBOOK COMMENTS