काठमाडौं, असोज १८ – प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत् ३ सल्लाहकार सहित स्वकीय सचिवमा शनिवार कोरोना संक्रमण देखिएको थियो। आइतबार थप एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले आइतबार आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।
उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्न समेत आग्रह गरेका छन्। ‘हाल मेरो स्वास्थ्य अवस्था ठीक छ,’ उनले सामाजिक सञ्जाल ट्विटमा जानकारी दिएका छन्।
शनिबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिव इन्द्र भण्डारी र बालुवाटारमा खटाइएका ६० जनाभन्दा बढि सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियो।
FACEBOOK COMMENTS