काठमाडौं, वैशाख ३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्। शुक्रबार ‘बागमती प्रदेश कराँते च्याम्पियनसिप–२०२१’ कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले देशलाई देशलाई बन्धकी राख्ने काम गरिरहेको आरोप लगाएका हुन्।
प्रधानमन्त्री राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्न भएका खबर आइरहेको दाबी गर्दै उनले प्रधानमन्त्रीबाट नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधीनतामा प्रश्न खडा गर्ने दुस्साहस भइरहेको जिकिर गरे। तानाशाही र निरंकुश शक्ति एकचोटि पराजित भए पनि पूरै परास्त नभएको प्रचण्डले बताए।
अध्यक्ष प्रचण्डले केही मानिसले संघीयता खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखिरहेको दाबी पनि गरे। तर परिवर्तन उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने उनले चेतावनी दिए।
FACEBOOK COMMENTS