काठमाडौँ, फागुन २५ – सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । एक मन्त्रीले रातोपाटीलाई दिएको जानकारी अनुसार आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विवादमा फैसला सुनाउँदै सो पार्टी ऋषि कट्टेलको नाममा रहने आदेश जारी गरेको थियो । त्यस्तै, नेकपा (एमाले) र माओवादी केन्द्र साबिककै अवस्थामा रहने पनि आदेश दिएको थियो ।
FACEBOOK COMMENTS