काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’को उद्घाटन गर्ने भएको छ ।
प्रधानमन्त्री ओलीले विहिबार पानी जहाजको कार्यलय उद्घाटन गर्ने भएका हुन् ।
पानीजहाजको कार्यालय एकान्तकुनामा हुने भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।
गत माघ ३ गते बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो । त्यसको करिव चार सातापछि कार्यालय स्थापना गर्न लागिएको हो । मन्त्रीपरिषदको बैठकले कर्मचारी दरबन्दी समेत स्वीकृत गरेको छ ।
उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी रहनेछन् । कार्यालय प्रमुखलाई रजिष्टारको पद दिईएको छ । कार्यालय फष्ट क्लासको मेकानिकल इन्जिनियरले नेतृत्व गर्ने सचिव अधिकारीले जानकारी दिए ।
FACEBOOK COMMENTS