काठमाडौं, ११ पुस – दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट शुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं. २ प्रतिश्पर्धा गर्दैछन्।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा लमहीको क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा सशस्त्रको एपीएफ र सात प्रदेशका गरि आठ वटा टीमले प्रतिपर्धा गर्दैछन्।
दुई समूहमा विभाजन गरेर खेलाइने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलका दुवै खेल १७ पुसमा खेलाइनेछ। फाइनल खेल १९ पुसमा हुनेछ। विजेता टोलीले पाँच लाख नगद पाउनेछ।
योसँगै कोरोनाभाइरस संक्रमणको जाखिमका कारण रोकिएको क्यानको खेल गतिविधि औपचारिक रुपमा शुरु भएको छ। यसअघि बागमती प्रदेश क्रिकेट संघको आयोजनामा राष्ट्रिय टोलीका पुरुष खेलाडी सम्मिलित तीन टीमबीच गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता खेलाइएको थियो। उक्त प्रतियोगिता भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको क्रिकेट रंगशालाको सहयोगार्थ भएको थियो।
थप सामग्री : https://www.himalkhabar.com/news/121696