काठमाडौं, १७ आश्विन – प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र एक स्वकीय सचिवमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ । शुक्रबार बालुवाटारमा कार्यरत सबैको पीसीआर परीक्षण गरिएको थियो। प्रधानमन्त्री ओलीसँग दैनिक छलफलमा जुट्ने सल्लाहकारमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री कोरोनाको जोखिममा परेका छन् । सल्लाहकारमा कोरोना देखिदा प्रधामन्त्री कति सुरक्षित छन् भन्ने सबैको चासो छ ।
यस्तै कोरोना संक्रमित भएका प्रधामन्त्रीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीसँग भेट्दा सतर्कता अपनाएको बताएका छन् । उनले प्रधानमन्त्रीसँग भेट्दा मास्क लगाउने, दूरी कायम गर्ने, स्यानिटाइजर लगाउने लगायतका सतर्कता अपाइरहेको बताएका छन् ।
FACEBOOK COMMENTS