काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।बिहीबार प्रधानमन्त्री देउवालाई बधाई दिन प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको महासंघको टोलीले आयात निर्यातलगायत फ्रन्टलाइनमा बसेर निजी क्षेत्रले काम गर्ने हुनाले खोपको उपलब्धताका लागि आग्रह गरेको हो ।
महासंघ अध्यक्ष शेखर गोल्छाले भेटपछि खोपको प्राथमिकतासँगै अर्थतन्त्रका विषयमा कुराकानी भएको बताए । अर्थतन्त्रलाई अगाडि बढाउने विषयमा महासंघले सारेको भिजन पेपरका विषयमा जानकारी गराएको र त्यसमा प्रधानमन्त्रीले जिज्ञासा पनि राखेको उनले बताए ।
“निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दियौं । निजी क्षेत्रलाई कोरोना विरुद्धको खोपको प्राथमिकतामा राख्न आग्रह गर्यौँ । त्योसँगै अर्थतन्त्र एवं महासंघले अघि सारेको भिजन पेपरका बारेमा पनि प्रधानमन्त्रीज्यूलाई जानकारी गरायौं,” उनले भने ।
FACEBOOK COMMENTS