काठमाडौं, १७ आश्विन – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले शनिवार ट्विटमार्फत आफूलाई कोभिड-१९ पोजिटिभ भएको जानकारी गराएका छन्।
‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना- पोजिटिभ देखियो। यसबीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु”, उनले ट्विटरमा लेखेका छन्।
यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो।
FACEBOOK COMMENTS