काठमाडौं, १८ असार – प्रधानमन्त्रीको ठाडो निर्देशनमा अर्थ मन्त्रीले रोके चिनीको आयात रोकेका छन । प्रधानमन्त्रीबाट हस्तक्षेपको शैलीमा मौखिक निर्देशन प्राप्त भए पछि अन्तिम समय चिनीको आयात रोकिएको हो । यसलाई उभिक्तावादीहरुले हलो अडकाउने संज्ञा दिएका छन ।
अहिले चिनीको वास्तविक मुल्य ७२ रुपैया भएपनी बजारमा प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । सधैनै चिनीमा हुनेगरेको राजनीति र यसमा संलग्न माफियाहरुले सरकारी र अर्ध सरकारी निकायहरुलाई चिनी आयतमा रोक लगाउने र बजारमा सरकारको हस्क्षेपकारी भुमिकालाई निस्तेज पारी आफ्नो मनपरी मुल्य कायम गर्ने गरेको छर्लङ छ ।अघिल्लो बर्ष ६० रुपैयाको चिनी आम उपभोत्तललाई सय रुपैयामा किन्न बाध्य बनाईयो । यो विषय यति पेचिलो बन्योकि सम्सदिय अर्थ समितिले ४ अर्व घोटलाभएको निषकर्श निकाल्यो । तर सरकारको रबैयाँ र चिनी माफियाको मिलोमतोको जग कायमै रहेकाले अब यस बर्ष पनि मुल्य आकाशिने देखिन्छ ।
नेपालमा वार्षिक साढे २ लाख टन चिनीको माग हुनेगर्छ । स्वदेशी उद्योगले १ लाख टन चिनी उत्पादन गर्ने गर्दछन । अपुग चिनी वाहिरवाट आयत गरेरनै ल्याउने हो । नेपाली उत्पादन वाहेक १लाख टन चिनी आवस्यक्ता पर्ने भएता पनि वाणिज्य तथा आपुर्ति मन्त्रालयले साल्ट ट्रेडिङलाई ४० हजार मेट्रिक र खाद्य लिमिटेडलाई १० हजार मेट्रिक टन चिनी ल्याउन अनुमतिको लागि अर्थ मन्त्रालयमा पठायो पनि । तर अर्थ मन्त्रालयले अनुमति दिनमा ढिलाई गरीराखेको छ । यसको सोझो अर्थ चिनी खपतहुने असोज कात्तिकमा चिनीको अभाव सृजर्ना गर्दिने र बजारमा चिनिको मुल्य बढ्नमा घुमाउरो तरीकाले सहयोग गर्ने हो ।यस ग्राण्ड डिजाइनको कोपभाजनमा अर्थ मन्त्रि डा.युवराज खतिवडा र अर्थका कर्मचारीहरु पनि परेका छन । अर्थको यस रबैयाले यो पटक चीनिको मुल्य १ सय ५० देखि २ सय सम्म पुग्ने देखिन्छ ।
उद्योगिहरुले चिनी अभाव सिर्जना गर्दै मुल्य बृद्धि गरि महंगोमा चिनी बेच्ने गरेका छ भने अधिकांश चिनी उद्योगीहरुको गोदाम बोर्डर साईडमा भएकाले खुल्ला सिमानाको फाईदा उठाउदै भारतबाट सस्तोमा चिनी ल्याएर नेपाली ब्राण्डमा प्याकीङ गरेर बच्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमललाल मर्हजन बताउछन् । यो कालो कमाई उद्योगिले अर्थ देखि प्रधान मन्त्रि कार्यालयसम्म पुर्याउने गरेको बुझिन्छ । नेपाल चिनी उद्योग संघका अध्यक्ष शसीकान्त अग्रवालको सरकारसँगको सुमधुर सम्वन्ध आम उपभोक्ताका लागि भने भारी बनेको छ ।

विगतबाट पनि चेतेन सरकारले

चाडबाड नजिकिदै जाँदा सरकारले चिनीको आयात रोक्दा गत बर्ष चिनीको भाउ आकाशिएको थियो ।त्यस बेला स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने भन्दै सरकारले चिनी आयातमा कोटा प्रणाली लागु गरेको थियो । मुख्य त उखु किसानलाई लामो समयसम्म स्वदेशी चिनी मिलले भुक्तानी नदिदा त्यसको बक्यौता निकै धेरै थियो । त्यसैले सरकारले स्वदेशी मिल

साहुलाई राहत मिल्ने गरि आयातमा नै कोटा प्रणाली लागु गर्न पुग्यो । यद्यपी चिनी मिल साहुबाट किसानले न त आफ्नो गिड फसलको मुल्य नै पाए न त भुक्तानी नै, समस्या ज्युका त्यु रहयो । सुविधा पाएर पनि उद्योगीहरुले किसानले पाउनुपर्ने रकम तिरेनन । यता उपभोक्ताले पनि चिनीमा महँगो मुल्य चुकाउन वाध्य भए ।
माफिया र शक्ती केन्द्रको नेक्सस
यता प्रधानमन्त्रीले पनि चाडबाडको बेलामा चिनीको अभावसंगै भाउ पनि महँगीए पछि उद्योगीले झुक्काएको भन्दै उनीहरुको भर पर्दा धोका खाएको भन्दै माफी नै मागे । तर झुक्काउने उपर कुनै कार्वाही नै भएन । अर्कोतर्फ तत्कालिन उद्योगमन्त्री मातृका यादवले उद्योगपतिलाई जेल हाल्ने उदघोष गरे । तर त्यसको केही समयमा उनको बहिर्गमन भयो । यसो हुनुमा चिनी माफिया शशीकान्त अग्रवालको हात रहेको जानकारहरु बताउँछन । तत्कालिन उद्योगमन्त्री यादवले चिनी उद्योगीलाई किसानको रकम तुरुन्त दिनु भनेर अल्टिमेटम नै दिएका थिए । तर नेक्ससमा काम गर्न खप्पिस अग्रवालले किसानलाई भुक्तानी दिनुको साटो शक्ती केन्द्र रिझाउन तिर लागे र सफल पनि भए । यहि प्रकरणमा मुछिएका अग्रवालको पोल त्यतिबेला खुल्यो जब लकडाउन जारी रहदा होटल मेरियटमा सत्ता पक्षिय साम्सदहरुले अन्य पार्टीका साम्सदलाई रातारात लगेर राखे । जुन साम्सद अपहरण काण्डका रुपमा चर्चित छ । मेरियट उनै शशीकान्त अग्रवालको लगानीमा संचालित पाँच तारे होटल हो । स्मरण रहोस् लकडाउनको उल्लङगन गरि होटल खुलाइएकामा सो कार्यको घोर विरोध भएको थियो । साथै, शशीकान्तलाई प्रधानमन्त्रीको आशिर्वाद रहेको भन्दै आवाज उठेको थियो । यस घटनाले यादवको बर्खास्ती, चिनीको कृतिम अभाव र अस्वभाविक मुल्यब्रिद्धीमा चलखेल भएको पुस्टि गर्छ ।