काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपीशर्मा ओलीले आज प्रतिनिधिसभा सांसदमा विश्वासको मत लिँदै छन् । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।
ओलीले विश्वासको मत लिने निर्णयसहित एक साता अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सांसद बैठक आह्वान गर्न सिफारिस गरेका थिए । सोहीअनुसार भण्डारीले सांसद बैठक आह्वान गरेकी हुन् ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा ओलीसहित शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् । त्यसपछि ओलीको विश्वासको मतमाथि मतदान सुरु हुने छ । अहिलेसम्मको स्थिती हेर्दा ओलीले विश्वासको मत नपाउने देखिन्छ ।
माधव नेपाल समूहले पनि आज विहान १० बजेसम्मको समय दिएको छ । यस अवधिसम्म पार्टीलाई नमिलाए सांसद पदबाट सामूहिक राजिनामा दिने नेपाल पक्षले बताएको छ ।
यसैगरी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । जनता समाजवादी पार्टी (जसपा)ले पनि ओलीलाई भोट नहाल्ने संंकेत गरिसकेको छ ।
प्रतिनिधि सभामा एमालेका १२१, कांग्रेसका ६३, माओवादीका ५० र जसपाका ३४ सांसद छन् । यस्तो अवस्थामा नेपाल पक्षले पनि राजिनामा दिएको अवस्थामा ओलीले विश्वासको मत पाउने सम्भावना थप कमजोर हुनेछ ।
FACEBOOK COMMENTS