काठमाण्डौँ — प्रभु बैंकले गुल्मी जिल्लाको रुरुगाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
गुल्मी जिल्लाको रुरु गाउँपालिकावडा नं. ४, रानीबासमा एक समारोहमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले शाखा कार्यालयको समुद्घाटन गरे ।
बैंकले रानीबास शाखा कार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ ।
त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS