काठमाडौं, मंसिर ११ – प्रभु बैंक लिमिटेडको “प्रभु बैंक डिबेन्चर २०८४” २ अर्ब बराबरको डिबेन्चर १०५ व्याज सहित आठ वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड, नक्साल काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
कूल २०,००,००० कित्ता डिबेन्चरमध्ये १२,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन हुनेछ ।
उक्त कार्यको लागि २०७६ साल मंसिर ११ गते प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको हो ।
यस अघि प्रभु बैंक लि.ले निष्काशन गरेको रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी निष्काशन गरेको रु. १ अर्ब बराबरको “१०.२५% प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्रले ICRA Nepal Limited बाट न्युनकर्जा जोखिम“ ICRA L-BB ” रेटिङ्ग प्राप्त गरेको थियो । उक्त ऋणपत्र माग गरेको भन्दा बढि मात्रामा खरिदकालागि आवेदन परे पछि विक्री अवधि समाप्त हुनु अगावै बन्द भएको थियो ।
FACEBOOK COMMENTS