काठमाडौं, बैशाख ८ – प्रभु बैंकले बुधबार नुवाकोट जिल्लामा आफ्नाे नयाँ शाखा संचालनमा ल्याएकाे छ । बैंकले वेलकोटगढी नगरपालिकाकाे वडा नं. ०७ स्थित महादेवफाँटमा २१४ औं शाखा खोली सञ्चालनमा ल्याएको हाे ।बैंकको नयाँ शाखा कार्यालयको समुद्घाटन वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरेका थिए ।
उक्त कार्यालयको समुद्घाटन गर्दै वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।